stcnepal long ad
global ime bank long

ज्येष्ठ नागरिकको भत्ता पाँच हजार बनाउँछौँ: वरिष्ठ उपाध्यक्ष पोखरेल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मङ्सिर ४ गतेपछि बन्ने सरकारले ज्येष्ठ नागरिकको भत्ता पाँच हजार बनाउने बताउनुभएको छ ।

काठमाडौँको ५ नम्बर निर्वाचनका उम्मेदवारसमेत रहनुभएका उहाँले ज्येष्ठ नागरिकसँगको अन्तकृयामा उहाँले एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकको भत्ता पाँच हजार बनाउने बताउनु भएको हो ।

“तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको समयमा विभिन्न दलका कैयौँ विरोध र अवरोध सामना गर्दै नेकपा एमालेले वृद्धवृद्धालाई भत्ता दिन सुरुआत गरेको हो”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकको हकहितका लागि आवाज उठाउने पहिलो पार्टी एमाले हो ।”

विसं २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकारले ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरू गर्दा विरोध भएको स्मरण गर्दै पोखरेलले भन्नुभयो, “अन्य दलका कैयौँ विरोध र अवरोधलाई छल्दै ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्नसक्ने बनाउनु सरकारको दायित्व हो भनेर हामीले एक सय रूपैयाँ भत्ता दिन सुरू गरेका थियौँ ।”

वरिष्ठ उपाध्यक्ष पोखरेलले ज्येष्ठ नागरिकको सम्मान गर्ने एमालेको स्वच्छ उद्देश्यलाई अनेक विरोध सहेर पनि ज्येष्ठ नागरिकको समाजमा सम्मान र इज्जतका साथ बाँचिरहन सहयोग गरेको विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर रु पाँच हजार पुर्‍याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्ने उहाँको भनाइ थियो ।

आगामी मङ्सिर ४ को निर्वाचनका लागि एमालेले जारी गरेको घोषणापत्रमा पनि ज्येष्ठ नागरिकको हकहितका लागि धेरै एजेण्डा समेटिएकाले ज्येष्ठ नागरिकको हितका लागि पनि एमालेले आगामी निर्वाचन जित्नुपर्ने उहाँको भनाइ थियो ।

ज्येष्ठ नागरिकले वरिष्ठ उपाध्यक्ष पोखरेलसँग आफूहरूलाई एउटा भवन आवश्यक रहेको तथा भवनमा भजनकीर्तन र जमघट गर्ने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको थियो ।

उहाँले एमालेको सरकार बनेपछि ज्येष्ठ नागरिकका लागि भवन निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

IME Lifesidebar
kumari