stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र अर्थात लाइसेन्समा कडाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको इजाजतपत्र अर्थात लाइसेन्समा कडाई गरेको छ । बीमा ऐन, २०७९ लागू भएसँगै प्राधिकरणले निर्देशन जारी गर्दै उक्त व्यवस्थामा कडाई गरेको हो ।

उक्त निर्देशन अनुसार अबदेखि एउटा बीमा कम्पनीको मात्रै एजेन्ट बन्न पाइने भएको छ । प्राधिकरणले जीवन तथा निर्जीवन सबै बीमा कम्पनीहरुलाई एउटा मात्रै कम्पनीको अभिकर्ता बनाई काम गराउने व्यवस्था मिलाउन निर्देशन दिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘बीमा ऐन, २०७९ को दफा ९१ को उपदफा (७) बमोजिम बीमा अभिकर्ताको इजाजतपत्र दिदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ भन्ने व्यवस्था रहेको हुँदा त्यस बीमकमा आवद्ध बीमा अभिकर्ताहरूलाई स्वेच्छिक छनौट गराई कुनै एक मात्र बीमकको अभिकर्ता भई कार्य गराउनुहुन र सोको जानकारी प्राधिकरणमा गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ उक्त निर्देशिकामा उल्लेख छ ।

यसअघि एक जनाले विभिन्न कम्पनीको अभिकर्ता भई काम गर्न पाउने व्यवस्था थियो । अब भने स्वेच्छिक रुपमा एउटा कम्पनीमा मात्रै काम गर्न पाइने भएको छ ।

यद्दपि, जीवन बीमा कम्पनीको अभिकर्ताले निर्जीवन बीमा व्यवसाय गर्ने कुनै एक कम्पनीको अभिकर्ता भई काम गर्न र निर्जीवन बीमा कम्पनीको अभिकर्ताले जीवन बीमा व्यवसाय गर्दै आएका कुनै एक कम्पनीको अभिकर्ता भई काम गर्न भने पाउने छन् ।

prabhu mahalaxmi
kumari