stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

निर्वाचनपछि एमालेको सरकार– अध्यक्ष ओली

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा (एमाले) को सरकार बन्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा (एमाले) को सरकार बन्ने निश्चित छ ।”

झापाको अर्जुनधारास्थित सुखानी सहित स्मृति पार्क (सालवारी) मा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ मा मात्र नभई झापाका पाँच वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार विजयी हुने दाबी गर्नुभयो ।

राष्ट्र निर्माणको गहन जिम्मेवारी लिएर हिँडेको एमालेलाई कुनै पनि गठबन्धनले रोक्न नसक्ने उहाँको भनाइ थियो ।

झापा २ मा नेकपा (एमाले) सँगै कुनै प्रतिस्पर्धा हुँदैन अध्यक्ष ओलीले भन्नुभयो, “यहाँ उम्मेदवार रहनु भएका देवराज घिमिरे झापाको मात्रै होइन विगत ४८ वर्षदेखि साविक मेची अञ्चलका आधाजसो मानिसको घरघरमा जनताका काम गर्न पुग्नुभएको छ, त्यो अर्थमा पनि उहाँको जित निश्चित छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरे, प्रदेशसभा सदस्य पदका उम्मेद्वारद्वय एकराज कार्की र तिलचन पाठकले समेत बोल्नुभएको थियो ।

अध्यक्ष ओलीले झापा ५ मा आयोजना गरिने विभिन्न कार्यक्रमलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

prabhu mahalaxmi
kumari