stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गुरु नानक शान्ति सद्भावका प्रतीक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु नानक जयन्तीको सन्दर्भमा मङ्गलबार शुभकामना सन्देश दिनुभएको छ ।

उहाँले सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरु नानक जयन्तीको अवसरमा विश्वभर छरिएर रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

“गुरु नानकले समाजमा शान्ति, सद्भाव र लोककल्याणका लागि सबै धर्मका बीचमा सहिष्णुताका लागि गर्नुभएको मार्गदर्शनको परिपालना गर्न सकेमा सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्‍भाव अभिवृद्धि भई राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्‍वास लिएको छु,” राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

साथै समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवं विभेद अन्त्य गर्दै समतामूलक सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन गुरु नानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने पनि उहाँको सन्देशमा उल्लेख छ ।

हरेक वर्षको कार्तिक शुक्ल पूर्णिमाको दिन सिख धर्मावलम्बीहरूद्वारा आस्था र भक्तिभावका साथ सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाउने गरिन्छ ।

गुरु नानक एक समाज सुधारक धार्मिक गुरु हुनुहुन्थ्यो । समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिविरुद्ध मानव जातिहरूलाई सचेत गराउने काम गर्नुभएको राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

गुरु नानक जयन्तीको अवसरमा आयोजना गरिने बिनाभेदभाव निःशुल्क सामूहिक भोजन गर्न ‘लङ्गर परम्परा’लाई यसैको एक कडीका रूपमा लिन सकिन्छ भन्ने पनि उल्लेख छ ।

 

prabhu mahalaxmi
kumari