stcnepal long ad
global ime bank long

उम्मेदवारको सञ्चारकर्मीलाई आश्वासन: पेन्सनदेखि तालिम र फेलोसिप दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भैरहवा । राज्यको चौथो अंगको रुप मानिने पत्रकारिता क्षेत्रलाई रुपन्देहीका उम्मेदवारले विशेष प्राथमिकता दिँदै विभिन्न प्रतिबद्धता जनाइरहेका छन् ।

देशकै ध्यानाकर्षण रहेको रुपन्देहीको भैरहवामा केन्द्रीय स्तरका नेताहरू चुनावमा होमिएपछि सबै विषयलाई समेटेर योजना सार्वजनिक भइरहेका छन् । पाँच दलीय गठबन्धनबाट बालकृष्ण खाण र तीन दलीय तालमेलबाट दीपक बोहराबीच चुनावी प्रतिस्पर्धा चलिरहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले र जनता समाजवादीको साझा उम्मेदवारको रुपमा रहेका रुपन्देही ३ का उम्मेदवारले सञ्चार क्षेत्रमा विशेष काम गर्नेगरी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

तीन दलीय तालमेलका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा, प्रदेशसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव र तुलसी चौधरीको लागि मत माग्दै संयुक्त प्रचार प्रसार समितिले विभिन्न शीर्षकमा १३० बुदेँ प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

प्रतिबद्धतापत्रको सूचना तथा सञ्चार शीर्षकमा प्रेसलाई पूर्ण स्वतन्त्र राखिने छ भने आमसञ्चारलाई व्यवसायिक र जिम्मेवार बनाइने उल्लेख छ । यसैगरी, प्रत्येक नागरिकमा आधुनिक सूचना तथा सञ्चारको पहुचमा वृद्धि गरिने छ भनी उल्लेख गरिएको छ ।

यसैगरी, लुम्बिनी प्रेस क्लबको भौतिक विकास र नेपाल पत्रकार महासंघको लागि आवश्यक सहयोग गरिने गरी योजना सार्वजनिक गरिएको छ ।

प्रतिबद्धतापत्रमा रुपन्देहीका पत्रकारहरूको लागि विकास र सुशासनसम्बन्धी पत्रकारिता तालिम तथा फेलोसिपको व्यवस्था गरिने उल्लेख छ । यस्तै, सार्वजनिक क्षेत्रमा फ्रि वाइफाई जोनको व्यवस्था गरिने उल्लेख छ।

प्रतिबद्धतापत्रमा सञ्चार क्षेत्रलाई राज्यकोषबाट विशेष सहयोगको व्यवस्था गर्दै यस क्षेत्रलाई मिडिया तथा अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख छ ।

प्रतिबद्धतापत्र मस्यौदा निर्माण समितिका संयोजक सिए शिबहरि शर्माले भैरहवामा पत्रकारिता अनुसन्धान प्रतिष्ठानको लागि सहयोग गर्ने तथा अग्रज पत्रकारको लागि सामाजिक सुरक्षा पेन्सन योजनामा सहयोग गरिने गरी सञ्चार क्षेत्रमा काम गर्ने योजना ल्याइएको बताए ।

संयुक्त निर्वाचन परिचालन समितिका रुपन्देही ३ (१) को सहसंयोजक अजयकुमार गुप्ताका अनुसार तीन दलीय तालमेलका साझा उम्मेदवार दीपक बोहोरालाई हलो, महेन्द्र यादवलाई छाता र तुलसी चौधरीको सूर्य चिन्हमा मतदान गर्न अपील गरेका छन् ।

उनले भने, ‘हामीले मिडिया मैत्री कार्यक्रम सार्वजनिक गरेका छौँ । राज्यको चौथो अंगको रुपमा रहेको मिडियाको विकास र निष्पक्ष तथा स्वतन्त्रताको लागि हाम्रो तर्फबाट पूर्ण ग्यारेन्टीको व्यवस्था गरेका छौँ ।’

उता, कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले सार्वजनिक गरेको ६७ बुदेँ संकल्पपत्रमा मिडियाको विषयमा कुनै पनि सम्बोधन नभएपछि पत्रकारहरूले नै प्रश्न उठाएका थिए । गृहमन्त्री समेत रहेका सत्ता गठबन्धनका उम्मेदवार खाणले संचार क्षेत्रलाई संकल्प पत्रमा समेट्ने आश्वसन दिएका थिए ।

पत्रकारहरूले नै संकल्पपत्र सार्वजनिक कार्यक्रममा पाँच दलीय गठबन्धनले मिडियालाई सम्बोधन किन नगरेको भन्दै टिप्पणी गरेपछि त्यसलाई सम्बोधन गरिने मस्यौदा समितिका संयोजक प्राध्यापक सुदर्शन नेपालले बताएका थिए ।

रुपन्देहीको पत्रकारिता नेपालकै प्रमुख सूचीमा पर्ने भएकोले अन्य उम्मेदवार र दलहरुले समेत यसलाई समावेश गर्ने गरेका छन् ।

IME Lifesidebar
kumari