stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दलहरु मिलेर देशमा गरिबी हटाउनुपर्छ : प्रधानमन्त्री

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलहरु मिलेर देशको गरिबी हटाउनुपर्ने बताउनुभएको छ।

आइतबार वामलोकतान्त्रिक गठबन्धनले राजधानीमा आयोजना गरेको काठमाडौं क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उम्मेदवार परिचय तथा निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालमा लडेर ल्याएको लोकतन्त्र बचाउन जरुरी छ। सबै पार्टी एक हुन जरुरी छ, त्यसैले यो एउटा संस्कृतिको विकास भएको छ।

मिलेर चुनाव लड्ने, मिलेर विरोधको सामना गर्ने, मिलेर देशमा गरिबी हटाउने, हाम्रो लागि ठूलो मौका हो चुनौती पनि हो।”

लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले काठमाडौं–२ प्रतिनिधिसभा सदस्यका गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी नेत्री एवम् पूर्व सभामुख ओनसरी घर्ती मगर अत्यन्तै साहसिक महिला रहेको उल्लेख गर्नुभयो। घर्तीले संसद्लाई सफलताका साथ सञ्चालन गरेको र संसदीय व्यवस्थामा पार्टीको भन्दा राष्ट्रको हित हेरेर काम गर्नुभएको स्मरण गर्नुभयो।

उहाँले सत्ता गठबन्धनका काठमाडौं– २ का प्रदेशसभा सदस्यका उममेदवारहरुलाई विजयी बनाउन पनि आह्वान गर्नुभयो।

prabhu mahalaxmi
kumari