stcnepal long ad
global ime bank long

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्ने भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो।

बैठकमा निर्वाचनको तयारी, सत्ता साझेदार दलहरूसँगको चुनावी तालमेलसहित समसामयिक विषयमा छलफल हुनेछ। सत्ताको नेतृत्वकर्ता कांग्रेसले गठबन्धनका सहयोगी दलहरूसँग साझा कार्यक्रम बनाएर निर्माण अभियानमा होमिने तयारी गरिरहेको छ।

यसैबीच कांग्रेसले विद्रोही उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय गर्नका लागि असोज ३१ गतेसम्म समयसीमा दिएको छ।

मुख्यसचिव पौडेलका अनुसार तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन

दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धतासहित असोज ३१ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गर्न निर्देशन दिइएको छ।

उहाँले भन्नुभयो, “आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा प्रस्तावक र समर्थकउपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु(याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराउँछु।”

कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलबीचको सहमतिमा पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका साझा उम्मेदवारलाई विजयी गराउन पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।

साथै पार्टी बागी उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई पाँच वर्षका लागि निष्कासनको निर्णय कांग्रेसले गरेको छ।

 

IME Lifesidebar
kumari