1.2K
काठमाडौ । गत ९ दिनदेखि बन्द रहेको सेयर कारोबार आज असोज २३ गते आइतबारबाट खुला हुने भएकोछ ।
दशैंको उपलक्ष्मा सरकारले सार्वजनिक बिदा दिएकाले गत असोज १३ गतेदेखि सेयर कारोबार बन्द थियो ।
यस दिन नेप्से सूचक १८५३.७६ को विन्दुमा बन्द भएको थियो । यसै विन्दुलाई आधार मानेर आजबाट सेयर कारोबार सूचारु हुनेछ ।