प्रधानमन्त्री देउवाले भ्रातृशोकका कारण दशैंको टीका ग्रहण गरेनन्
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दशैंको टीका ग्रहण गर्नुभएको छैन् ।भ्रातृशोकमा रहेका कारण प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइ दिएको प्रधानमन्त्रीको कार्यलयले जनाएको छ ।
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन् ।
भ्रातृशोककै कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई समेत टीका नलगाउनुभएको हो ।























