आगामी निर्वाचनबाट एमाले देशको ठूलो पार्टी बन्छ : अध्यक्ष ओली
nf]stGqsf of]4f ;Ddfg sfo{qmddf k|d cf]nL
sf7df8f}F, ! j}zfv M
k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ sf7df8f}Fsf] k|1f k|lti7fgdf cfof]lht nf]stGqsf of]4f ;Ddfg sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f÷/f;;
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनबाट एमाले फेरि पनि देशको ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।
धनुषाको विदेह नगरपालिकास्थित–३ कौरिया चोकमा एमाले धनुषाद्वारा शनिबार आयोजित जनसभामा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धाँधलीको तयारी गरिरहेको आरोप लगाए ।
उनले सत्तारुढ गठबन्धनलाई सहयोग नगर्ने प्रहरी र कर्मचारी धमाधम सरुवा गरेको आरोप लगाउँदै भने, “कोही प्रहरी अहिलेको गठबन्धन तिर लाग्दैन भन्ने शङ्का लागेको ठाउँमा प्रहरी सरुवा गर्ने, कर्मचारी सरुवा गर्ने काम गरेको छ ।”






















