citizens life insurance long ad
stcnepal long ad

सुनको भाउ सोमबार ४०० रुपैयाँले घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, आइतबार छापावाल सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको भाउ प्रतितोला ११ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

IME Life
kumari