citizens life insurance long ad
stcnepal long ad

काठमाडौंमा सार्वजनिक स्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ निषेध

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ ।

महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै आउँदो असोज १ गतेबाट महानगरका सार्वजनिक स्थलमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको जनाएको छ ।

महानगरले नियम उल्लङ्घन गरेमा जरिवाना समेत हुने जनाएको छ ।

IME Life
kumari