citizens life insurance long ad
stcnepal long ad

नेपाल धितोपत्र बोर्ड सुस्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पुँजीबजार सुधार र विकासका लागि ठूलठूला योजनासहित अगाडि बढिरहेको सेयर बजार नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) कर्मचारीमा कर्मचारी संख्या कम भएको छ।

साथै विज्ञ कर्मचारी नहुँदा समस्यामा परेको छ, कामको गति अति सुस्त छ। कर्मचारीको तुलनामा शाखा बढी हुँदा अस्तव्यस्त बन्न पुगेको देखिन्छ।

सेबोनमा ६४ जना कर्मचारी कार्यरत छन्। तीमध्ये पनि ३१ जनालाई कायम मुकाय छन । सेबोनमा यति न्यून कर्मचारी भए पनि विभाग, महाशाखा र शाखा गरी कुल ३५ फाँट रहेका छन्।

जसका कारण कतिपय फाँट एकजना अधिकारी एक्लैले चलाउनुपर्ने बाध्यता रहेको देखिन्छ। यही कारण सेबोनको दैनिक कामकाजसमेत ढिलासुस्ती र अस्तव्यस्त रहेको देखिन्छ।

एकै प्रकृतिको काम गर्न विभाग र महाशाखा खोलेर आर्थिक भार बढाइरहेको गुनासो पनि सुनिने गरेको छ।

विभिन्न क्षेत्रको काम र सयौंका संख्यामा कर्मचारीहरु रहेका कार्यालयमा विभाग र महाशाखा खोल्नु उचित भए पनि एउटै काम सेयर निस्कासन अनुमति दिने,थोरै कर्मचारी रहेको सेबोनमा उचित नरहेको टिप्पणी हुन थालेको छ।

सेबोनमा चार विभाग र ९ वटा महाशाखा छन्। सीमित कर्मचारी रहेका र त्यसमाथि आधाजसो कर्मचारी कामु रहेको सेबोनमा महाशाखाको कुनै औचित्य नै नरहेको कर्मचारीहरु नै बताउँछन्।

सेबोनमा नियमन, व्यवस्था तथा कानुन, सुपरिवेक्षण र वस्तु बजार तथा अनुसन्धान गरी चार विभाग रहेका छन्। यीमध्ये नियमन विभाग अन्तर्गत नियमन महाशाखा रहेको छ।

यसैगरी व्यवस्थापन तथा कानुन विभागअन्तर्गत व्यवस्थापन तथा वित्त महाशाखा र कानुन महाशाखा सञ्चालनमा छन्। यसअघि नियमन, व्यवस्थापन तथा कानुन विभाग थियो। पछि टुक्र्याएर नियमन र व्यवस्थापन तथा कानुन विभाग बनाइएको हो।

यस्तै सुपरिवेक्षण विभागअन्तर्गत धितोपत्र व्यवसायी महाशाखा, बजार तथा सूचीकृत संस्था मशाखा, धितोपत्र दलाल व्यापारी महाशाखा र वस्तु विनिमय कारोबार सुपरिवेक्षण महाशाखा छन्।

वस्तु बजार तथा अनुसन्धान विभागअन्तर्गत वस्तु विनिमय तथा व्यवसायी महाशाखा र धितोपत्र तथा वस्तु बजार अनुसन्धान महाशाखा रहेका छन्।

यसरी एउटै प्रकृति काम हुने गरी विभाग र महाशाखा खोल्नु उचित नरहेको भनी सेबोनभित्रैबाट आलोचना गर्न थालिएको छ।

थोरै कर्मचारी तर धेरै विभाग, महाशाखा र शाखा भन्न थालिएको छ। फाँट छुट्याइँदा एक जनामात्रै कर्मचारीले सबै काम गर्नुपर्ने अवस्था छ। यसले गर्दा एकातिर आर्थिक भार बढेको छ भने अर्कोतिर कर्मचारीले कामको स्तरवृद्धिमा बाधा पुगेको देखिन्छ।

अहिले सेबोनमा रहेका २० वटा शाखामध्ये ९ वटा शाखामा शाखा अधिकृत एक्लैले शाखा चलाएका छन। शाखा अधिकृतलाई सहयोग पु्र्याउने अन्य कर्मचारी छैनन्,आफै कारिन्दा,आफै शाखा हाकीम छन।

बोर्डमा हाल धितोपत्र व्यवसायी नियमन शाखा, धितोपत्र बजार, सीडीएस, विशेष सदस्य तथा आस्बा शाखा, कानुन तथा मुद्दा शाखा, सम्पत्ति शुद्धीकरण तथा गुनासो व्यवस्थापन शाखा, कानुन प्रवलीकरण शाखा, धितोपत्र दलाल व्यापारी शाखा, वस्तु विनियम, राफसाफ तथा फर्छ्यौट शाखा, अनुसन्धान, संस्थागत नीति योजना तथा जोखिम व्यवस्थापन शाखा र प्रशिक्षण तथा वित्तीय साक्षरता शाखामा एकजना शाखा अधिकृत मात्र छन्।

पुँजीबजार विकास र विस्तारका लागि तीव्रगतिका साथ काम भइरहे पनि सेबोनभित्रकै कर्मचारी व्यवस्थापनमा बोर्ड चुकेको छ।

जसले छिटो,छरितो,प्रभावकारी र गुणस्तरीय काम हुन सकेको छैन। नयाँ स्टक एक्सचेन्ज, थप ब्रोकर लाइसेन्स र कमोडिटिज मार्केट चलाउने तयारी भइरहेको छ।

तर, सेबोनभित्रै कर्मचारी व्यवस्थापन चुस्त र दुरुस्त नहुँदा भोलि ती संस्था कसरी चल्लान रु प्रश्न उठिरहेको छ। यी सबै काम गर्न गराउन सेबोनमा धेरै जनशक्ति चाहिन्छ तर सेबोनमा सीमित कर्मचारीमात्र छन्।

जनशक्ति अभावकै कारण सेबोनले फिल्डमै गएर बजार नियमन र सुपरिवेक्षणको काम गर्न सकेको छैन।

अहिलेसम्म एकपटक पनि सेबोनका कर्मचारी बजारमा गएर अनुगमन गरेका छैनन, प्रयाप्त जनशक्ति नहुँदा त्यस्तो भएको हो।

बजारलाई पारदर्शी बनाउने र आमलगानीकर्ताको हितमा काम गर्ने सेबोन अध्यक्षको योजना तथा लक्ष्य जनशक्ति अभावकै कारण ओझेलमा पर्ने देखिन्छ।

IME Life
kumari