stcnepal long ad
global ime bank long

इन्द्रजात्राको गरिमा राष्ट्रिय रुपमा अपनत्व र अन्तरराष्ट्रिय रुपमा प्रवर्धन हुनु पर्छ – उपप्रमुख डंगोल

नानिचा यात्रा व्यवस्थापनका विषयमा छलफल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । इन्द्रजात्राको गरिमालाई राष्ट्रिय रुपमा अपनत्व र अन्तरराष्ट्रिय स्तरमा प्रवर्धन गर्नु पर्ने महानगरकी उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ ।

आज इन्द्रजात्रा व्यवस्थापन समितिले आयोजना गरेको नानिचा यात्रा व्यवस्थापनका लागि आयोजना गरिएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

‘जात्रालाई राष्ट्रिय रुपमा अपनत्व बोध गराउन काठमाडौँ महानगरपालिकाले आन्तरिक भगिनी सम्बन्ध भएका नगरबाट र काठमाडौँका पालिकाबाट प्रमुख र उपप्रमुखलाई जात्रा अवलोकन गर्न बोलाएका छौँ ।

त्यसैगरी अन्तरराष्ट्रिय रुपमा प्रवर्धन गर्न महानगरको अन्तरराष्ट्रिय भगिनी सम्बन्ध भएका १८ नगरसँगै दक्षिण एशियाली ७ वटा मुलुकका राजधानी सहरबाट प्रमुख र उपप्रमुखलाई निमन्त्रणा गरेका छौँ ।

जात्रा सञ्चालन, व्यवस्थापन, संरक्षण र प्रवर्धन महानगरको दायित्व हो । यसलाई पूरा गर्छौँ ।’ उपप्रमुख डंगोलको भनाइ छ ।

छोरीहरुलाई जात्रामा रथ तान्न उठाउनुले जात्रालाई लैङ्गिकमैत्री बनाउँदै लगेको उपप्रमुखको भनाइ छ ।

शान्ति सुरक्षाका लागि प्रहरीलाई सबैले साथ दिनुपर्छ । सुरक्षाका मापदण्ड पालना गर्नुपर्छ छलफलमा महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख, प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले भन्नुभयो, ‘स्थानीय सहभागितामा शान्ति सुरक्षालाई व्यवस्थित गरिनेछ ।’

यस बर्ष महिलाहरुले रथ तान्ने कार्यक्रम (नानिचा यात्रा) को संयोजन नानीहेरा महर्जनले गर्नुहुनेछ । यो क्रम विगत ११ बर्षदेखि नियमित चल्दै आएको छ ।

विपद् व्यवस्थापनका लागि नेपाल रेडक्रससँग समन्वय मिलाउने, स्वयम्सेवकका लागि नेपाल स्काउटसँग समन्वय गर्ने, ट्राफिक व्यवस्थापनमा संयोजन गर्ने काम गणपतिलाल श्रेष्ठले गर्नुहुनेछ । जात्रामा बाजा व्यवस्थापन पञ्च महर्जनको, रथमा बत्ती व्यवस्थापन नेवाः नुगः को जिम्मामा छ ।

जात्रालाई भव्य र व्यवस्थित बनाउन सबैले सहयोग गर्नुपर्ने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यको भनाइ छ ।

व्यवस्थापन समितिमा २९ वटा गुठी खलहरुको प्रतिनिधित्व रहेको छ । उहाँहरुसँग समन्वय गरेर यसबर्ष अपरान्ह ४ बजे रथ यात्रा सुरु गर्ने योजना बनाएका छौँ ।

शाक्यले भन्नुभयो, ‘मुत आत्माको शान्तिका रथ यात्रापछि दागी हिड्नु पर्ने भएकोले यसका लागि सहज होस् भन्नका लागि छिट्टै रथ यात्राको तयारी गरेका छौँ ।’

यस बर्ष इन्द्रजात्रा कार्यक्रम सुरु भइसकेका छन् । जात्राको पहिलो क्रियाकलापअन्तर्गत भदौ १३ गते सोमबार विहान ९ बजेर १७ मिनेटको साइटमा बन प्रस्थान गरेर सोही दिन बेलुका ८ बजेर ९ मिनेटको साइतमा इन्द्रध्वजका रुपमा गाडिने रुख कटान भइसकेको छ ।

१९ गते आइतबार विहान ७ बजेर २४ मिनेटको साइतमा इन्द्रध्वजलाई नगर प्रवेश गराइनेछ । त्यस्तै २२ गते बुधबार विहान ७ बजेर १७ मिनेटको साइतमा इन्द्रध्वज उत्थान हुनेछ ।

भदौ २४ गते शुक्रबार कुमारी रथ यात्रा सुरु हुनेछ । यस दिन तल्लो टोलमा रथ घुमाइनेछ । यसैगरी २५ गते शनिबार माथिल्लो टोलमा रथ घुमाइनेछ ।

भदौ २९ गते नानिचा यात्रा रहेको छ । भदौ २९ गते साँझ ७ बजेर ३३ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि यस बर्षको जात्रा सकिनेछ ।

 

IME Lifesidebar
kumari