stcnepal long ad
ime life insurance
national life
global ime bank long

माइक्रोफाइनान्स विरुद्ध संघर्ष समिति बनाएर अवरोध गर्नेलाई पक्राउ गर्न गृहको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समुहलाई पक्राउ गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।

यस्तो समुहले सनियोजित तवरले आन्दोलन गरी कार्यक्रममा अवरोध श्रृजना गर्ने, कपोलकल्पीत आक्षेप लगाइ अनर्गल प्रचार गर्ने, यस क्षेत्रमा काम गर्ने लघुवित्त कर्मीहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिदै आएको नेपाल लघुवित्त बैंकर्स संघले जनाएको छ ।

यसरी कर्मचारीहरुको मनोवल गिराउने, सोझा साझा सदश्यहरुलाई वित्तीय सेवा उपभोग गर्न बाधा पुर्याई लघुवित्त कार्यक्रमलाई नै धरासायी बनाउने कोशिष भइरहेको भन्दै संघले साउन ३० गते गृह मन्त्रालयलाई पत्र लेखेको थियो ।

संघको सोहि पत्रलाई संबोधन गर्दै मन्त्रालयले प्रहरी प्रधान कार्यालय नक्साल तथा सम्पुर्ण जिल्ला प्रसासन कार्यालयहरुलाई यस सम्बन्धी आवस्यक कारबाही गर्न आदेश दिएको छ । मन्त्रालयले संघले दिएको निवेदन तथा विवरण सहित सबैलाई यस सम्बन्धी आवस्यक कदम चाल्न निर्देशन दिइएको छ ।

लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिएर नतिर्नेहरुले यस्तो संघर्ष समिति बनाएर धम्की दिदै आएका छन् । केहि समय अगाडी लघुवित्तले ऋणीहरुले कर्जा नतिर्दा घर जग्गा जमिन नै बिक्री गरि असुल उपर गरेका समाचार बाहिरिएका थिए ।

समयमा कर्जाको किस्ता व्याज तथा सावा भुक्तानी नगर्ने र निश्चित समय पछि हर्जना सहित ठुलो रकम तिर्नु पर्ने अवस्था आए पछि उनिहरुले लघुवित्त वित्तीय संस्थाको चर्को विरोध गर्दै आएका छन् ।

IME Lifesidebar
kumari