आज बिहीबारबाट बैंक अफ काठमान्डूको ऋणपत्र खुला हुने
ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
काठमाडौं । भदौ २ गते बिहीबारबाट बैंक अफ काठमान्डूले ११ लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ ।
यसमध्ये ६ लाख ६० हजार युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ४ लाख ४० हजार युनिट सर्वसाधारणका लागि खुला हुनेछ ।
यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । यसआधारमा सामूहिक लागानी कोषहरुले कुल २२ हजार इकाई पाउने छन् ।
यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
बैंकले ७ वर्ष अवधिको बिओके डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।
यो ऋणपत्रमा छिटोमा भदौ ७ गते सम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने भदौ १६ गतेसम्म भर्न सकिनेछ ।
यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
























