stcnepal long ad
ime life insurance
national life
global ime bank long

इन्द्रजात्रा व्यवस्थापनका विषयमा मन्त्रालयमा छलफल

अक्षय कोषबाट जात्रा व्यवस्थापन गर्छौँ – प्रमुख शाह

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज इन्द्रजात्रा व्यवस्थापनका विषयमा छलफल भएको छ ।

पर्यटन मन्त्री जीवनराम श्रेष्ठसहित छलफलमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोल, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, सुरक्षा निकायका अधिकारी, गुठी संस्थान, स्थानीय गुठीयारका साथै सम्बद्ध अधिकारी सहभागी हुनुहुन्थ्यो ।

त्यस क्रममा मन्त्री श्रेष्ठले इन्द्रजात्राको अन्तरराष्ट्रियकरणले पर्यटन उद्योगमा टेवा पुग्ने धारणा राख्नुभयो । ‘यो राष्ट्रिय पर्व हो । पर्वको अवलोकनका लागि आउनेहरुलाई सहजतापूर्वक जात्रा अवलोकनको व्यवस्था मिलाउनु पर्छ ।’ मन्त्री श्रेष्ठको भनाइ थियो ।

छलफलका क्रममा महानगरका प्रमुख शाहले, सानातिना कामलाई ख्याल नगर्दा पर्व सञ्चालन व्यवस्थित बनाउन कठिन हुने बताउँदै यस्ता कुरामा आफूले ख्याल गरिरहेको बताउनुभयो ।

वडासँगको समन्वयबाट स्थानीय सवारी आवागमन, सामानको ढुवानी, सम्पदा मार्गको मर्मत सम्भारमा काम गर्छौँ । प्रमुखख शाहले भन्नुभयो, ‘मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका लागि तहगत सरकारविच समन्वय र समुदायविच प्रगाढ सम्बन्ध हुनुपर्छ ।

सम्पदा क्षेत्रमा भएका घरहरु पनि सम्पदा नै हुन् । भित्री सहरी क्षेत्रका पुराना भौतिक संरचना पनि अब सम्पदा नै हुन् । हामी यी एकीकृत ढङ्गबाट यसको व्यवस्थापन गर्छौँ ।’ प्रमुख शाहले जात्राको सन्दर्भ जोड्दै भन्नुभयो, ‘अक्षय कोषमार्फत जात्राको दिगो व्यवस्थापन हाम्रो प्राथमिकता हो ।’

त्यस क्रममा उपप्रमुख डंगोलले, जात्रा सञ्चालनका लागि महानगरले उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तता दिने बताउनुभयो । ‘महानगरले जात्राको अन्तरराष्ट्रियकरणका लागि भगिनी सम्बन्ध भएका नगरलाई निमन्त्रणा गरिसकेको छ ।

यहाँ हामी इन्द्रजात्रासँग सम्बन्धित सबैले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरेर पर्वलाई सभ्य र भव्य बनाउन लाग्नुपर्छ ।’ उपप्रमुख डंगोलको भनाइ थियो ।

जात्रा सञ्चालनको तयारीदेखि नै खर्च सुरु हुन्छ । छलफलमा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तमरत्न शाक्यले भन्नुभयो, ‘समयमा खर्च नपाएपछि तयारी पूरा गर्न पनि हतार हतार हुन्छ ।’

छलफलमा महानगरको भित्री वडाका अध्यक्षहरुसहित सरोकारवालाको सहभागिता थियो ।
यस बर्षको इन्द्रजात्रा भदौ २४ गते शुक्रबार परेको छ ।

जात्रामा जीवित देवताहरु गणेश र भैरव तथा जीवित देवी कुमारीको रथ यात्रा, लाखे नाच, देवी नाच, पुलुकिसी, भैरव तथा महाकाली नाच प्रदर्शनजस्ता क्रियाकलाप हुन्छन् । त्यस्तै दशअवतार प्रदर्शन श्वेत भैरवबाट प्रसाद ग्रहण, पितृहरुको स्मरणमा दीप प्रज्वलन, टोल पूजाको विशेष महत्व छ ।
राष्ट्रप्रमुख जात्रामा सरिक भएर टीका र प्रसाद ग्रहण गर्ने चलन छ । यसबाट देशमा सुख शान्ति हुन्छ भन्ने मान्यता रहेको छ ।

IME Lifesidebar
kumari