आइएमई जनरल इन्स्योरेन्सको सिईओमा युगेशभक्त बादे श्रेष्ठ पुन: नियुक्त
श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको गत २०७९ आषाढ ७ गतेको १२० औं बैठकको निर्णय भए बमोजिम प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ आज साउन २३ गते देखि लागु हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्ति भएका छन् ।
श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत रहदै आएका छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर क्रियाशील रहेका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आइएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको छ ।
सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
कार्यकारी अधिकृतको सपथ लिँदै श्रेष्ठले आफ्नो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहकहरुलाई सधन्यवाद व्यक्त गरेको नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले जानकारी दिएका छन् ।


























