citizens life insurance long ad
stcnepal long ad

इंग्लिस प्रिमियर लिग : टोटेनहम र चेल्सीको सुखद सुरुवात

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२२र२३ मा टोटेनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन् । दुवै खेल गएराति भएका हुन्।टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४(१ ले पराजित गर्‍यो।

टोटनहमको जितमा र्‍यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक(एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो।

खेलमा अग्रता भने साउथह्याम्पटनले बनाएको थियो। १२ औँ मिनेटमा जे वार्ड प्रोसेले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए। तर, यो अग्रता धेरैबेर टिक्न भने सकेन।

२१ औँ मिनेटमा सेसेग्ननले गोल गर्दै टोटनहमलाई खेलमा फर्काएका थिए। यस्तै, ३१ औँ मिनेटमा डायरले दोस्रो गोल गर्दा टोटनहमले ६१ औँ मिनेटमा सलिसुबाट आत्मघाती गोल उपहार पाएको त्यसको दुई मिनेटपछि कुलुसेभिस्कीले चौथो गोल गरेपछि टोटनहमले सहज जित निश्चित गरेको हो।

यसैगरी, चेल्सीले महत्त्वपूर्ण तीन अंक जोड्ने क्रममा एभर्टनलाई १–० अन्तरले पराजित गर्‍यो। चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गरे।

शनिबारै भएको अन्य खेलमा बर्नमाउथले एस्टन भिल्लालाई २–० ले, लिड्सले वुल्भ्सलाई २–१ ले र न्युकासल युनाइटेडले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्‍यो।

 

IME Life
kumari