citizens life insurance long ad
stcnepal long ad

सर्वोच्चमा शुक्रबार पनि पूरा समय सेवा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पुराना मुद्दाको सुनुवाई गर्नका लागि सर्वोच्च अदालतले शुक्रवार पनि पूरा समय सेवा दिने भएको छ ।

पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले अदालतले हिजो देखि पूरा समय सेवा दिन थालेको हो ।

यसअघि शुक्रवार ३ बजेसम्म मात्र अदालत खुला रहने गरेको थियो । यो सँगै सर्वोच्च अदालतमा अबदेखि न्यायाधीश र कर्मचारी सबैले शुक्रबार पूरा समय काम गर्नुपर्ने छ ।

सर्वोच्च अदालतको गत असार २२ गते बसेको पूर्णबैठक ९फूलकोर्ट० ले शुक्रवार पनि पूरा समय सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

अदालतमा पाँच वर्ष नाघेका मुद्दाको संख्या चारहजार ८१९ भन्दा बढी र दुई वर्ष नाघेका मुद्दाको संख्या १७ हजार ६ सय भन्दा बढी रहेको छ ।

IME Life
kumari