citizens life insurance long ad
stcnepal long ad

आज साउन १५ आज खिर खाने दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौंं। आजको दिन नेपाली समाजमा खिर खाने दिनको रुपमा परिचित छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खिर दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।

साउन १५ गते खीर खाने चलन पहिलादेखि चल्दै आएको हुनाले बोर्डले त्यसलाई मान्यता दिँदै राष्ट्रिय खीर दिवसकै रूपमा मनाउने निर्णय गरेको हो ।

नेपालमा यसको प्रचलन परापूर्व कालदेखि नै चलिरहेको छ । वर्षा सुरु भएदेखि नैं खेतीपातीमा व्यस्त हुने किसानहरुलाई पुनर्जागरण प्रदान गर्न साउनमा खीर खाने चलन रहिआएको संस्कृतिविद्हरुको भनाइ छ ।

चामललाई दुधमा मसला सहित पकाएर तयार पारिने परिकार खीरबाट मानव शरीरलाई आवश्यक पर्ने धेरै प्रकारका पौष्टिक तत्व प्राप्त हुने गर्दछ ।

IME Life
kumari