stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अपर हेवाखोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल नियुक्त भएको छ ।

यस संगै अब अपर हेवाखोलाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनिहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु एनएमबी क्यापिटलले गर्ने छ ।

अपर हेवाखोलाले केहि समय अगाडी आईपिओ निष्काशन गरेको थियो । कम्पनीले असार २४ गतेदेखि  असार २९ गतेसम्म  सर्बसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

जस मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो ।

बाँकि रहेको १३ लाख ९५ हजार कित्ता शेयरको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। कम्पनीको शेयर नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।

prabhu mahalaxmi
kumari