stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पहिराले याम्पा–आँबुखैरेनी सडक अवरुद्ध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा(आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।सोमबार रातिदेखि परेको वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका(५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।

सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उनले बताए। पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ।

prabhu mahalaxmi
kumari