stcnepal long ad
global ime bank long

बैंकिङ गतिविधिको नियमितरुपमा रिपोर्टिङ गर्न केन्द्रीय बैंकको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल वैशाख ४, २०७७ बिहीबार
काठमाडौं । कोरोना भाइरसको प्रभाव अध्ययन तथा मूल्यांकनका लागि   भन्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई नियमित रुपमा रिपोर्टिङ गर्न निर्देशन दिएको छ ।
यसअघि लक डाउन सुरु भएलगत्तै केन्द्रीय बैंकले परिस्थिति सामान्य भई कार्यालय नियमित खुलेको ७ कार्य दिनभित्र रिपोर्टिङ गर्ने व्यवस्था मिलाउन सक्ने गरी सहजीकरण गरेको थियो ।
तर केन्द्रीय बैंकले आफ्नो उक्त अघिल्लो निर्देशनलाई बुधबार फेरि परिमार्जन गर्दै अबदेखि नियमित रुपमा समग्र बैंकिङ गतिविधिको जानकारी गराउन भनेको हो ।
केन्द्रीय बैंकको नयाँ निर्देशनसँगै अब बैंकहरुका सबै कारोबार नियमित हुने अपेक्षा गरिएको छ । यस अघि बैंकहरुले वैकल्पिकरुपमा सीमित समय शाखाहरु खुला गरेका थिए ।
स्थानीय निकायसँग अनुमति लिएर शाखा खोल्नुपरेको उनीहरुको भनाई छ । कतिपय स्थानीय तहले भने शाखा खोल्न अझै अनुमति दिएका छैनन् । तर बैंकहरुका एटीएम भने निर्वाध सञ्चालनमा छन् ।

 

 

IME Lifesidebar
kumari