stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

पासाङल्हामु राजमार्ग अवरुद्ध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नुवाकोटको ककनी गाउँपालिका र काठमाडौँको तारकेश्वर नगरपालिकाको सिमानामा पर्ने पाँचमानेमा ठूलो ढुङ्गा खसेपछि पासाङल्हामु राजमार्ग अवरुद्ध बनेको छ ।

गएराति पाँचमाने मन्दिर जाने बाटो नजिकै रहेको ठूलो ढुङ्गा खसेर बाटो अवरुद्ध बनेको हो ।

शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको सैलुङ कन्ट्रक्सनले जिम्मा पाएको उक्त राजमार्ग वर्षौँदेखि नबन्दा सोही मार्ग हुँदै आवतजावत गर्ने व्यापारी, व्यवसायी र स्थानीयले सास्ती खेप्दै आएका थिए ।

हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडक पार गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयलाई पहिरोले झन् सास्ती दिएको छ ।

prabhu mahalaxmi
kumari