stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जनार्दन प्रकरण : आज सिसिटिभी फुटेजका विषयमा विज्ञहरूसँग छलफल हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आज पनि संसदीय छानबिन समितिको बैठक बस्दैछ। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।

बैठकमा सिसिटिभीसँग सम्बन्धित विज्ञहरूसँग छलफल गर्ने बताइएको छ। छानबिन समितिले जेठ महिनाको सिसिटिभी फुटेज मगाए पनि असारको फुटेज दिइएको छ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्ये रातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ। पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।

prabhu mahalaxmi
kumari