stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली कांग्रेसले संघ तथा प्रदेशको आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका लागि गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

‘गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकार मार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आम निर्माढामा नेपाली कांग्रेस प्रस्तुत हुनु पर्दछ भन्ने ठहर यो बैठकले गर्दछ,’ निर्णयमा भनिएको छ ।

बैठकले गएको स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएको छ । यसैबीच कांंग्रेसले तीन नयाँ भ्रातृ संघ एवं शुभेच्छुक संस्थाले मान्यता दिएको छ ।

केन्द्रीय समिति बैठकले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघलाई मान्यता दिएको हो ।

यसअघि नै मान्यता प्राप्त गरेका शेर्पा संघ, कुमाल संघ, नेवाः खल भने जनजाति महासंघ अन्तर्गत रहने कांग्रेसले जनाएको छ ।

बैठकले निर्माण व्यवसायी संघ, यातायात व्यवसायी संघ, उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी संघ, संस्थागत तथा निजी विद्यालय संघ, आर्युवेद चिकित्सक संघ, साना होटल व्यवसायी संघ, भूतपूर्व प्रहरी संघ, भूतपूर्व कर्मचारी संघ, स्वास्थ्यकर्मी संघ, सामुदायिक विद्यालय कर्मचारी संघलाई शुभेच्छुक संस्थाको मान्यता दिएको छ ।

अवधि समाप्त भएका र पूर्णता दिन बाँकी संघलाई साउन मसान्तभित्र काम सम्पन्न गर्न पार्टीले निर्देशन दिएको छ । कांग्रेसले आगामी नीति महाधिवेशनको तयारी गर्ने निर्णय गरेको छ ।

prabhu mahalaxmi
kumari