stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजेट कार्यान्वयन मार्गदर्शन जारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइतबारदेखि नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले चालू आर्थिक वर्ष २०७९र८० का लागि विनियोजित ‘बजेट कार्यान्वयन मार्गदर्शन’ जारी गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा बजेट कार्यान्वयनमा कमजोर देखिएको सरकारले आगामी आवमा कार्यान्वयन सशक्त बनाउन मार्गदर्शन जारी गरेको हो ।

विगतका वर्षहरूमा जस्तै आर्थिक वर्षको अन्त्यमा आएर हतारमा कमसल काम गर्ने पुरानो कार्यशैलीमा परिवर्तन ल्याउने लक्ष्यका साथ अर्थ मन्त्रालयले नयाँ बजेट कार्यान्वयन मार्गदर्शन जारी गरिएको जनाएको छ । तर, मार्गदर्शनकै कार्यान्वयन पक्ष पनि कमजोर हुन्छ कि भन्ने चिन्ता फेरि पनि देखिएको छ ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बजेट कार्यान्वयन गर्ने निकायका लागि आइतबार सो मार्गदर्शन जारी गरेका हुन् ।

सो मार्गदर्शन अनुसार स्वीकृत वार्षिक कार्यक्रममा परेका निर्माण आयोजनाको तयारी चरण पूरा गरी कार्यक्रम/आयोजनाको त्रैमासिक विभाजन सहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान समेत तयार पारेर यही साउन मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वान गरिसक्नुपर्ने भएको छ ।

आगामी असोज मसान्तभित्र सो आयोजनाको बोलपत्र मूल्यांकन गरी ठेक्का सम्झौता गर्नुपर्ने छ । ठेक्का सम्झौता भएको १५ दिनभित्रै आगामी १५ कात्तिकसम्म काम सुरु गरिसक्नुपर्ने सो मार्गदर्शनमा उल्लेख छ ।

मन्त्रालय–निकाय मातहत पुँजीगत खर्च गर्ने कार्ययोजना (जिम्मेवार पदाधिकारीको नाम सहित) समेत असोज मसान्तभित्र तयार गरी त्यसको मासिक अनुगमन सरोकारवाला निकायले गर्नुपर्ने सो मार्गदर्शनमा उल्लेख छ ।

जसका लागि विनियोजित बजेट र स्वीकृत कार्यक्रममा नपरेका कार्यक्रम/आयोजना कार्यान्वयनमा लैजान पाइने छैन ।

त्यस्तो आयोजना अघि बढाइएमा स्वयं सम्बन्धित अधिकारी नै जिम्मेवार हुने अर्थ मन्त्रालयद्वारा जारी मार्गदर्शनमा उल्लेख छ ।

यसैगरी, विनियोजित कार्यक्रम÷आयोजनामा नपरेका आयोजना र कार्यक्रमलाई बजेट, निकासा, रकमान्तर तथा कार्यक्रम संशोधनको माग समेत गर्न पाइने छैन । त्यसरी माग भई आएमा समेत निकासा नदिने सो मार्गदर्शनमा उल्लेख रहेको आजको राजधानी दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari