stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

परम्परागत कला कार्यशाला २०७९ सम्पन्न

उत्कृष्ट तीन कलाकार पुरस्कृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेवाः स्यनाकुथिको आयोजना तथा नेपाल हस्तकला महासंघ, कला तथा शिल्प परिषदको सहयोगमा ललितपुरको पाटनमा परम्परागत कला कार्यशाला २०७९ सम्पन्न भएको छ।

बालबालिकाहरुलाई पनि परम्परागत कलाको क्षेत्रमा प्रवेश गराउने उद्देश्यका साथ आयोजना गरिएको १५ दिने कार्यशाला गत असार ३० गते बुधबार सम्पन्न भएको हो ।

नेवाः स्यनाकुथिका प्रमुखको अध्यक्षता तथा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यको प्रमुख आतिथ्यतामा परम्परागत कला कार्यशाला गत बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा महासंघका उपाध्यक्ष डिल्ली रत्न तुलाधर, नबिन शाक्य र नेपाल हस्तकला महासंघका कार्यसमिति सदस्यहरु उदिप शाक्य, माणिकमान शाक्य र विकास शाक्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रशिक्षक श्रवण शाक्य र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यलाई मायाको चिनो प्रदान गर्दै समापन भएको थियो। सो कार्यक्रममा तीन जना उत्कृष्ट कलाकारलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुरस्कृत कलाकारमा रुजेन बज्राचार्य, शोफिया श्रेष्ठ र सास्ता बज्राचार्य रहेको नेपाल हस्तकला महासंघका केन्द्रीय सदस्य, कला तथा शिल्प परिषदका कार्यसमिति सदस्य सुजन रत्न शाक्यले जानकारी दिनु भएको छ ।

यस कार्यक्रमका लागि शिल्प तथा कला परिषदबाटमाणिकमान शाक्यलाई संयोजक तोकिएको थियो। साथै नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं कला तथा शिल्प परिषदका सभापति नविन शाक्य लगायत सह–सभापति उदिप शाक्य, सदस्यहरु बिकाश शाक्य,  Ujay Bajracharya को बिशेष सक्रियतामा यो कार्यक्रम सम्पन्न भएको बताइएको छ।

prabhu mahalaxmi
kumari