stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनआरएनलाई राजनीतिक बाहेक अधिकार दिनुपर्छः ओली

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई राजनीतिकबाहेक पूर्ण अधिकार दिनुपर्ने बताएक छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा.बद्री केसी र कार्यकारी अध्यक्ष कुल आचार्य सहितको टोलीले मंगलबार ओलीलाई भेटेको हो।

 

भेटमा ओलीले गैरआवासीय नेपालीलाई नागरिकता दिन एमाले निकै सकरात्मक रहेको बताए ओलीले गैरआवासीय नेपालीलाई ‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मान्यता अनुरुप नागरिकताको निरन्तरता हुनुपर्ने बताए।

उनले गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा राजनीतिक अधिकार बाहेक अन्य अधिकारमा कुनै कटौती नगरिने बताए।

ओलीले संविधानको भावना अनरुप आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता गैरआवासीय नेपालीलाई प्रदान गर्न उचित हुने बताए।

उनले नेपालको राजनीतिमा आउन चाहानेहरुले विदेशी नागरिकता त्याग गरेर आउन सक्ने सुझाव पनि दिए।

भेटमा संघका अध्यक्ष आचार्यले विदेशमा बस्ने नेपालीको मुख्य माग दोहोरो नागरिकता भएको बताउँदै संविधानको भावना अनुरुप गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्नेमा जोड दिए।

गैरआवासीय नेपालीले नागरिकता प्राप्त गरेपछि देशको आर्थिक, सामाजिक तथा सांस्कृति क्षेत्रमा समेत उल्लेख्य सहयोग पुग्ने आचार्यको भनाई थियो।

भेटमा संघका संस्थापक अध्यक्ष डा।उपेन्द्र महतोले संसदमा टेबल भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक पास गरेर छिटो भन्दा छिटो कार्यान्वयन गर्न आग्रह गरे।

टोलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला लगायतसँग पनि भेटघाट गरेको थियो।

 

prabhu mahalaxmi
kumari