citizens life insurance long ad
stcnepal long ad

टोखा चण्डेश्वरी अस्पताल परिसरमा गरिमा विकास बैंकले बृहत बृक्षारोपण

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन हेतु यस विकास बैंकले पुनः एक पटक बृहत बृक्षारोपण कार्यक्रमको सफल आयोजना गरेको छ ।

आज आषाढ २८ गते मंगलबारका दिन टोखा नगरपालिका २ मा अवस्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी र यस विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करिव २०० विभिन्न प्रजातिका फलफुलका विरुवाहरु अस्पताल परिसरमा रोपिएको थियो ।

 

 

उक्त कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, फ्रेन्डसिप ग्रुप अफ टोखाका संस्थापक अध्यक्ष केदार श्रेष्ठ र टोखा चण्डेश्वरी अस्पतालका अध्यक्ष युथ महर्जन ज्यूहरुको पनि उपस्थिती रहेको थियो ।

साथै, उक्त कार्यक्रमको स्वागत मन्तव्य यस विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले दिनुभएको थियो भने कार्यक्रम संचालन सामान्य प्रशासन विभाग प्रमुख अनुमान श्रेष्ठले गर्नुभएको थियो जसमा यस विकास बैंकका सम्पूर्ण विभागीय प्रमुख तथा टोखा नगरपालिकाको स्थानीयहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

IME Life
kumari