citizens life insurance long ad
stcnepal long ad

चलचित्र पत्रकार संघ नेपाल कास्कीले मनायो १९औँ स्थापना दिवस

Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले आफ्नो १९औँ स्थापना दिवस मनाएको छ । चलचित्र पत्रकारहरुले शुभकामना आदन– प्रदान गरि स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल, कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले शुभकामना ब्यक्त गर्दै २०६० सालमा कास्की शाखा स्थापना पश्चात् आजको दिनसम्म आई पुग्दा संघले चलचित्र पत्रकारिता र सामाजिक क्रियाकलाप गर्दै आएको बताए ।

 

उनले पछिल्लो समय चलचित्र पत्रकारिता प्रति धेरैको लगाव बढ्दै गएको र यसमा संघ कास्कीले सकारात्मक खालको काम गरेको पनि बताए ।

कार्यक्रममा संघका अध्यक्ष अरुण गिरीले आफ्नो भनाई राख्दै संघले १९ ओैं स्थापना दिवस मनाई रहदा संघले गरेका कार्यक्रमको स्मरण गरे । उनले भोलिका दिनमा चलचित्र पत्रकारिताको बिकास र प्रबर्द्धनमा संघ सदैव लागिपर्ने बताए ।

यस्तै कार्यक्रममा संघ कास्कीका निर्वतमान अध्यक्ष रेम विकले शुभकामना ब्यक्त गर्दै चलचित्र र पत्रकारिताको बिकासमा कास्कीले उत्कृष्ट काम गर्दै आएको बताए। उनले १९ बर्षमा आई पुग्दा अग्रजले देखाएको बाटो अनुरुप संघ यहाँ सम्म आएको बताए ।

शुभकामना आदन९ प्रदान कार्यक्रममा संघका सचिव प्रभु अधिकारीले संघले गरेका कार्यक्रम र संघले भोलीका दिनमा गर्न लागेको कार्यक्रमको बारेमा स्मरण गर्दै उनले सबैको साथ९ सहयोग र सल्लाह, सुझाव अनुरुप नै संघ यहाँसम्म आएको बताए।

कार्यक्रममा संघका संस्थापक सदस्य विभु भुसाल, पत्रकार दिपक के श्रेष्ठ, अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदी नाट्यकर्मी कपिल शर्मा, संघ कास्कीका केन्द्रीय प्रतिनिधि बोधराज रेग्मी लगायत संघका सदस्यले शुभकामना ब्यक्त गरेका थिए।

२०६० असार २२ गते कला र मनोरञ्जन क्षेत्रमा कलम चलाउने पत्रकारले पोखरामा श्रीराम सिग्देलको अध्यक्षमा पहिलोपटक संघ कास्की गठन गरेका थिए। सोही दिनको सम्झनामा संघले आफ्नो दिवस मनाउदै आएको छ।

हालसम्म संघ कास्कीको नेतृत्व श्रीराम सिग्देल पछि शिव शर्मा, रेम बिक र अरुण गिरीले गरिसकेका छन् ।

IME Life
kumari