citizens life insurance long ad
stcnepal long ad

नेपाल धितोपत्र बोर्डसँग सुपर मादी हाइड्रोपावरले ३१ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न  अनुमति माग्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३१ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

प्रतिकित्ता १०० रुपैयाँको दरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति मागेको हो । यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

 

सुपर मादीले कास्की जिल्लाको मादी नदीमा ४४ मेगावाट क्षमताको हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । हालसम्म कम्पनीको ८०५ भन्दा बढी भौतिक कार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

IME Life
kumari