stcnepal long ad
global ime bank long

सानिमा जनरलको विशेष साधारणसभा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा आज २०७९ आषाढ १५ गतेका दिन धुम्रबराह पार्टी प्यालेस, धुम्वाराही, काठमाण्डौमा सम्पन्न भयो ।

उक्त विशेष साधारण सभामा कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने सम्बन्धी निर्णय गर्न तथा तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्याङ्कन(Due Diligence Audit) गर्नको लागि मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायतका मर्जर सम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

 

साथै अध्यक्षले सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै सभाको विसजर्न गर्नु भयो ।

 

 

 

 

 

IME Lifesidebar
kumari