अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । नागार्जुन नगरपालिका–६ जयन्तीगाउँ डेरा गरी बस्ने भक्तपुर नगरपालिका–४ घर भएका ५१ वर्षीय राजन भेलेलाई नियन्त्रित लागूऔषध डाइजेपाम २ सय ४५ एम्पुल, फेनारगन २ सय ७६ एम्पुल र नुर्फिन २ सय ७३ एम्पुल सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनले आफ्नो कोठामा लागूऔषध संचय गरी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो























