citizens life insurance long ad
stcnepal long ad

डिएपी मल आयो, युरिया असारको पहिलो सातादेखि आउँछ

कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मल सहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल नेपाल भित्रयाउन सुरुआत गरेको छ । करिव १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई सकेकाे छ र धमाधम आफ्ना डिपो र बिक्रीकक्ष मार्फत वितरण भइराखेको कर्पाेरेसनले जनाएकाे छ।

कर्पाेरेसनले २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्राउने कर्पोरेशनले जनाएको छ ।

 

 

कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन रासायनिक मल नेपाल ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । डिएपीमध्ये बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको कर्पाेरेसनले जनाएको छ ।

कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाले भने- “१७ हजार मेट्रिक टन अर्थात् चार लाख बोरा डिएपी आफ्ना डिपो-बिक्री कक्षमार्फत वितरण गरिराखेका छौं ।

बाँकी तीन हजार मेट्रिक टन पनि भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ ।” यसरी ल्याइएकाे रासायनिक मल प्रतिबोरा ५० केजीको हुन्छ । विभागिय प्रबन्धक झाका अनुसार २२ हजार मेट्रिक टन अर्थात् चार लाख ४० बोरा युरिया मल कोलकाता बन्दरगाहमा आइसकेको छ। एक हप्ताभित्र स्वदेश भित्रिन थाल्ने छ ।

विभागीय प्रबन्धक झाले भने- “२२ हजार मेट्रिक टन युरिया कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्नेछ ।

स्वेदेश आउनेबित्तिकै डिपो-बिक्रीकक्षमार्फत बिक्री वितरण सुरु हुन्छ ।” धान रोपाइँका समयमा देशभर रासायनिक मलको चरम अभाव भइरहँदा ती मलले किसानलाई केही परिणाम भएपनि राहत मिल्ने अपेक्षा कर्पोरेशनले लिएको झाले बताए ।

कर्पोरेशनले इण्डोनेसियाबाट युरिया मल झिकाएको हो । विश्व कृषि बजारमा इण्डोनेसियाको मल सर्वोत्कृष्ट मानिन्छ । सरकारले यसपटक कर्पोरेशनलाई कूल एक लाख मेट्रिक टन रासायनिक मल आयात गर्न अनुदान दिएको थियो ।

यो कूल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो । बाँकी अर्को सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडलाई जिम्मेवारी प्रदान गरेको छ ।

कृषि मन्त्रालयले यस पटक मलमा मात्र करिब रु. ११ अर्बभन्दा बढीको अनुदान प्रदान गरेको बताइएको छ । माटोको उर्वरा शक्ति बढाउन डिएपीको प्रयोग गरिन्छ । रोपाइँपूर्व अर्थात् खेतमा धान रोप्नुअगाडि सो मल हालिन्छ भने रोपिएका बिरुवालाई सपार्न र हलक्क बनाउन युरियाको प्रयोग गरिन्छ ।

ती दुबै मल अन्न बालीका उत्पादकत्व बढाउन अति आवश्यक मानिन्छ । कर्पोरेसनका विभागीय प्रबन्धक झाले भने-“कर्पोरेशन सरकारले सुम्पिएको दायित्वलाई पूरा गर्न अग्रणी छ । आयातित मलबाट थोरै भए पनि किसान लाभान्वित हुनेछन् ।

आगामी दिनमा सरकारले अनुदानको मलको कोटा थपिदिएमा यसको जिम्मेवारी बहन गर्न कर्पोरेशन सक्षम छ ।” कृषि मन्त्रालयका स्राेतका अनुसार विशेष गरी यस मौसमकाे धान र मकै बालीका लागि मात्र दुई लाख मेट्रिक टन रासायनिक मल डिएपी र युरियाको आवश्यक पर्दछ भने वार्षिकरूपमा पाँच लाख मेट्रिक टन मल नेपालमा खपत हुने गर्दछ ।

नेपालका ६८ प्रतिशत बढी नागरिक कृषि पेशामा संलग्न छन् । नेपालको कूल ग्रार्हस्थ उत्पादन (जिडीपी) मा कृषि क्षेत्रको याेगदाज २७ प्रतिशत रहेकाे छ । कृषि उत्पादनको मुख्य बाली धानबाली हो र जिडीपीमा धानको योगदान सात प्रतिशत रहेकाे छ ।

धानबाली लगायत अन्य बालीको उत्पादन वृद्धिका लागि रासायनिक मल नभइ हुँदैन किसानलाई मल प्रदान गर्न खडा भएका सरकारी डिपो सबै रासायनिक मलविहीन छन् । याे वर्षकाे मनसुन सक्रिय भैसक्दापनि रासायनिक मल ल्याउन सरकार निष्क्रिय बन्दा किसान मारमा परेको जनाउँदै संघीय प्रतिनिधि सभाले गत आइतबार सरकारलाई तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन निर्देश समेत गरेको थियो ।

IME Life
kumari