citizens life insurance long ad
stcnepal long ad

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुलाए 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि पनि आवेदन खुलाएको छ।

विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो। यस अघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो।

विभाग अन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिएका हुन्।

आवेदन भर्नका लागी विभागको वेबसाइट https://applydl.dotm.gov.np मा लगइन गरी थप जानकारी लिन सकिने छ ।

IME Life
kumari