citizens life insurance long ad
stcnepal long ad

डलरको भाउ बढदा महंगी बढने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा अमेरिकी डलरको भाउ बढ्दा सुनको मूल्य घट्ने र सुनको मूल्य घट्दा डलरको भाउ बढ्ने गरेको विगतको ट्रेन रहेपनि यसपाली भने त्यो ट्रेन ब्रेक भएको छ ।

तर अहिले सुन र डलरको मूल्य सँगसँगै बढ्दा त्यसको सिधा असर नेपालको अर्थतन्त्रमा पर्न थालेको छ । २०७९ जेठ २६ गते बिहीबार अमेरिकी डलरको भाउ उच्च विन्दुमा पुगेको थियो ।

 

सो दिन नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको बिक्रिदर १२४.६८ रुपैयाँ कायम गरेको थियो । जेठ २७ गते शुक्रवार पनि अमेरिकी डलर ५ पैसाले बढेर नयाँ उचाई कायम गरेको थियो । यसअघि २०७९ जेठ ६ गते अमेरिकी डलरको भाउ १२४.६७ रुपैयाँ पुगेको थियो ।

२०७९ जेठ २९ गते अमेरिकी डलरको बिक्रीदर १२४ रुपैयाँ ८४ पैसा पुगेको छ । जुन हालसम्मकै उच्च विनिमय दर हो । पछिल्ला दिनहरुमा डलरको भाउ लगातार बढिरहेको छ । केही महिनायता अमेरिकी अर्थतन्त्रको सुधार तीव्रगतिमा भइरहेको डलरको मूल्य बृद्धिले पुष्टि गरेको छ ।

करिब २ महिनाअघि अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ बैंक’ले ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको थियो । यो निर्णयपछि पनि डलर विश्व बजारमा बलियो बन्दै गएको छ ।

डलर बलियो बन्दा नेपाल आउने रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सकारात्मक प्रभाव पर्छ । रेमिट्यान्स र एफडीआईमा सुधार आउँदा देशको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ ।

तर ऋण सहयोग सावाँ व्याज भुक्तानी, आयातको भुक्तानी, विदेशी लगानीकर्ताहरूले मुनाफा लैजादा, विदेश अध्ययन गर्न जान लागेका विद्यार्थीहरु, भ्रमण र स्वास्थ्य उपचारका लागि विदेश जाँदा डलर साट्नु पर्दा भने नेपालीलाई ठूलो नोक्सानी वेहोर्नुपर्ने भएको छ ।

गत बिहीबार नै बढेर नयाँ उचाइमा पुगेको डलरको भाउ शुक्रबार केही घट्ने अपेक्षा गरिएको भएपनि उल्टै ५ पैसाले बढेर नयाँ उचाइ कायम गरेपछि नेपालको अर्थतन्त्रमा त्यसको सिधा असर पर्न गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबार अमेरिकी डलरको भाउ १२४ रुपैयाँ ७३ पैसा पुगेको थियो । २०७९ जेठ २९ गते आइतबार अमेरिकी डलरको बढ्दो प्रवृत्तिलाई पछ्याउँदै १ अमेरिकी डलरको बिक्रीदर १२४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।

यो हालसम्मकै उच्च दर भएको हो । डलरको भाउ बृद्विसँगै अब आयातित वस्तुको मूल्य बृद्वि हुने भएको छ। नरोत्तम सुबेदीबाट

IME Life
kumari