citizens life insurance long ad
stcnepal long ad

एनएमएको चुनावी माहोल तात्यो,निमानुरू शेर्पा सर्वसम्मत अध्यक्ष हुने ?

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को चुनावले व्यवसायीहरु तातिएका छन । आजदेखि एनएमएको साधारण सभा र नयाँ नेतृत्व चयन अधिवेशन सुरू भएको छ। विगतदेखि यति समूह र इतर समूह बनेर संघको चुनाव हुने गरेको थियो ।

अहिले पनि त्यसैगरी समूह बनेको छ । तर, अहिलेको समूहमा अध्यक्षमा निमानुरु शेर्पा राजनीतिक दलहरूबीचको सहमतिपछि सर्वसम्मत अध्यक्ष बन्ने भएका छन् ।

 

 

नेकपा(माओवादी केन्द्र) र नेपाली कांग्रेस निकट व्यवसायीहरुले गठबन्धन गरेर निमानुरू शेर्पाको नेतृत्वमा प्यानल बनाएका थिए ।

यो समूहले पहिला कुलबहाुदर गुरुङ र ठाकुरराज पाण्डेमध्ये एकजनलाई अध्यक्ष बनाउने प्रयास गरेको थियो । तर पछि शेर्पालाई अगाडि बढाएका छन।

पूर्व अध्यक्ष आङछिरिङ शेर्पा सहितका पूर्व अध्यक्षहरुले निमानुरु शेर्पालाई सर्वसम्मत गराउने प्रयास गरेपछि उनी सर्वसम्मत भएका हुन् ।

कुलबहादुर र ठाकुर पनि त्यसपछि पछाडि हटेका थिए । कांग्रेसले संघको अध्यक्ष माअ‍ोवादी केन्द्रलाई दिने सहमति जनाएको थियो ।

शेर्पाको नाममा यो गठबन्धनले सहमति जनाएपछि एमालेनिकट पर्यटन व्यवसायीहरूले भने अध्यक्षमा उम्मेदवारी नदिने निर्णयमा पुगेका छन् । पहिला टीकाराम गुरुङ र माया शेर्पामध्ये एकजनालाई अध्यक्ष बनाउने तयारी गरेको थियो ।

तर पछि माया शेर्पालाई वरिष्ठ उपाध्यक्ष उठाएको छ। अन्तिम समयमा एमालेले माया शेर्पालाई वरिष्ठ उपाध्यक्षमा समेटेर अध्यक्षमा उम्मेदवारी नै दिएन । माया शेर्पासहितको टोलीलाई भने यति समूहले समर्थन गरेको छ ।

यो समूहबाट महासचिवका उम्मेदवार आङपेम्बा शेर्पा पहिला टानको महासचिव भइसकेका व्यक्ति हुन् । टानको महासचिव हुँदा विवादमा तानिएका शेर्पालाई दुबैतिर अवसर दिएको भनेर एमालेभित्रै पनि विवाद देखिएको छ ।

त्यसो त, शेर्पा केही महिना अघि नेपाल पर्यटन बोर्डका सदस्य हुने दौडमा रहेका थिए । पर्यटन मन्त्री प्रेम बहादुर आलेले बोर्ड सदस्य छनौटका लागि बनाएको समितिमा राजेन्द्र सापकोटा र माया शेर्पा पनि रहेका थिए ।

उनीहरुले आङपेम्बा शेर्पालाई सदस्य बनाउन चाहेका थिए । तर, अन्तिममा उनको नाममा सहमति जुटेन । अहिले सापकोटा टानको अध्यक्ष हुने प्रयासमा छन् भने माया शेर्पा एनएमएको वरिष्ठ उपाध्यक्ष र आङपेम्बा शेर्पा महासचिवको उम्मेदवार भएका छन् ।

यता अध्यक्षको दाबी गरेका ठाकुरराज पाण्डे भने वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बनेका छन् । यो समूहले पनि कांग्रेसको कोटामा परेको महासचिव पदमा विवादास्पद व्यक्तिलाई उम्मेदवार बनाएको छ । म

हासचिवका उम्मेदवार मोहन लम्साल नक्कली आरोहीलाई प्रमाणपत्र दिएको भन्दै उनको कम्पनी विवादमा तानिएको थियो ।

 

IME Life
kumari