नेपाल टेलिकमको “Data and Voice” प्याक सुविधाहरु नमस्ते पे एपबाट सुचारु
काठमाडौँ । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट ब्यालेन्स मार्फत नेपाल टेलिकमले
उपलब्ध गराएको “Data and Voice” प्याकहरू अन्तर्गत उपलब्ध सबै प्याके जहरू खरिद गर्न सक्नेछन्।
नमस्ते पे प्रयोगकर्ताहरूले आगामी दिनहरुमा नेपाल टेलिकमको डाटा र भ्वाइस प्याकहरूमा आकर्षक अफरको लाभ लिन सक्नेछन्।
NDPC नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवद्धित भुक्तानी सेवा प्रदायक संस्था हो ।
नमस्ते पे अन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी ग्क्क्म् मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामिण क्षेत्रमा तथा मोबाइल एप मार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।
आधुनिक प्रविधि को प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।
सो प्रयासमा स्मार्ट क्युआरसंग गरिएको सेवाको शुरुवात एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुने NDPC को विश्वास रहेको छ ।






















