citizens life insurance long ad
stcnepal long ad

एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा छलफल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ।

सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटेको हो।

 

 

आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसंगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गर्ने कार्य गरिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

कानुनतः निर्वाचनको मिति आयोगसंग परामशमा सरकारले तोक्नेछ। सरकारले बोलाएको बखत निर्वाचनको मिति, एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा आयुक्तहरूसँग छलफल गरिरहेका छौं प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने। आजको नेपाल समाचारपत्र दैनिकबाट

IME Life
kumari