citizens life insurance long ad
stcnepal long ad

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । वर्षासँगै खसेको पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको अधिकारीले बताउनुभयो । पहिराकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

 

 

इच्छाकामना–४ स्थित नाग्दिखोलामा गएराति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

IME Life
kumari