citizens life insurance long ad
stcnepal long ad

राष्ट्रपतिद्वारा नेपाली खाद्य उत्पादन प्रबर्द्धनमा जुट्न सम्बद्ध सबैमा आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक खाद्य उत्पादन र संस्कृतिको प्रबर्द्धनमा जुट्न सम्बद्ध सबै पक्षसँग आह्वान गर्नुभएको छ ।

विश्व मानव समुदायलाई खाद्य चुनौती बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्थानीय उत्पादन वृद्धि गर्ने र त्यसको आधुनिक प्रशोधन र प्रयोगमार्फत खाद्य जोखिम कम गर्न सबै पक्षको उत्तिकै जिम्मेवारी रहने बताउनुभएको हो ।

 

 

राष्ट्रपति कार्यालय शीतल निवासमा  नेपाली मौलिक पाककलाको क्षेत्रमा आबद्ध अभियानकर्मी, शैक्षिक सङ्घ संस्थाका प्रतिनिधि, खाद्य विशेषज्ञ र सेफ प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले सरकारले नेपाली मौलिक परिकारको स्थानीय तथा अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेको औँल्याउनुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले अहिले युवामा देखिएको पश्चिमा खानपानको संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै नेपाली मौलिक खाद्य पदार्थलाई परिमार्जन र परिष्कृत ढङ्गले प्रयोग गर्न र पस्कने सके त्यसको बजारीकरणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति निवासको आफ्नो भान्सामा समेत विशेषगरी नेपाली मौलिक परिकारनै पाक्ने गरेको भन्दै उहाँले आफू गाउँमा रहँदा किनेमा, कागुनो तथा ताप्लेजुङका खोलानालामा पाइने तितो स्वाद भएका माछा खाएको स्मरण सुनाउनुभयो ।

सरकारले विद्यालयमा बालबालिका लक्षित दिवा खाजाको व्यवस्था गरेको र त्यसमा नेपाली मौलिक उत्पादनलाई भान्सामा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । त्यसमा पनि मैदाबाट बन्ने पिज्जाको सट्टा कोदोको पिठो प्रयोग र मकैका विविध परिकार, दूधका परिकार समावेश गर्न सकिने उहाँले बताउनुभयो ।

नेपालीको चिनारीलाई विश्वमाझ परिचित गर्न नेपाली मौलिक खानाको अहिले विशेष भूमिका रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले यस अभियानमा निरन्तर लागि परेका सम्बद्ध सबै पक्षलाई धन्यवाद र आभार प्रकट गनुभयो ।

त्यस अवसरमा नेपाल भ्रमणमा रहनुभएका भारतको सिक्किम युनिर्भसिटीका प्राध्यापक ज्योतिप्रकाश तामाङले नेपालको हिमालय क्षेत्रमा पाइने हब्र्स र स्पाइसेस वैज्ञानिकरूपमै औषधि जतिकै महत्वपूर्ण रहेको र सरकारले विज्ञहरु सामेल गरी विशेष योजनाबनाएर अन्तर्राष्ट्रिकरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा होटल एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले नेपालीको बसोबास रहेका विश्वका ९० भन्दा बढी देशमा मौलिक खानापानलाई प्रबर्द्धन र प्रचार गर्न आफूहरुले नेप्लीज सेफ र होटल व्यवसायीसँग दिगो योजना बनाएर अघि बढ्ने लक्ष्यका साथ छलफल गरिरहेको बताउनुभयो ।

नेपाली मौलिक पाककलाको खोजी, अनुसन्धान र प्रबर्द्धनमा काम गर्दै आएको शैक्षिक संस्था आइएचएम कलेजका सिइओ सुराच प्रसाईंले नेपाली खाद्य उत्पादन, मौलिक परिकार र पाककला संस्कृतिमा नेपाली सेफको विशेष भूमिका रहेको औँल्याउँदै आइएमविथ सेफमार्फत त्यस कार्यलाई निरन्तर जोड दिइँदै आएको बताउनुभयो ।

आज काठमाडौँमा आयोजना हुन गइरहेको नेपाली मौलिक परिकार ८४ व्यञ्जनको पूर्वसन्ध्यामा सोबारे राष्ट्रपतिलाई अवगत गराउन पुगेको प्रतिनिधिमण्डलले उहाँलाई गुन्द्रुक र जिम्बु उपहारस्वरूप हस्तान्तरण गरेको थियो ।

त्यस अवसरमा ८४ व्यञ्जन र १०१ दिने नेपाली खाना खोजी अभियानकर्मी सेफ प्रेमलाल घिसिङले नेपाल भ्रमणमा आउने विदेशी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा विशिष्ट पाहुनालाई नेपाली ८४ व्यञ्जन तथा नेपाली मौलिक परिकारले स्वागत गर्नुपर्ने र सरकारले समेत त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

IME Life
kumari