citizens life insurance long ad
stcnepal long ad

विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथामा “चन्द्र सूर्य एल्बम” विमोचन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय भावनामा आधारित चन्द्र सूर्य बोलेको गीतको भिडियो तयार भएको छ ।
“चन्द्र सूर्य एल्बम” को पोष्टर तथा म्यूजिक भिडियोको डिभिडि विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथा ८८४८.८६ मिटर माथि २०७९ बैशाख ३१ (सन् २०२२ मे १४) नेपाली समय अनुसार विहान ०४ः४९ मा पासाङ्ग तेन्जिङ्ग शेर्पा १४ पटक सगरमाथा आरोहण गरी सफल हुनु भएको र उहाँ १३ वर्षको उमेर देखि सगरमाथा आरोहणमा लाग्नु भएको थियो ।

आरोहण गर्दाका साथमा अष्ट्रेलियाका सबैभन्दा कान्छो १९ वर्षकी पर्वतारोहीMs. Gabby Kanini सँगै आरोहण गरेका थिए ।

 

 

पासाङ्ग तेन्जिङ्ग शेर्पाले उक्त एल्बम विमोचन गरि हरि गोपाल प्रधानको गीतको विश्व कीर्तिमान राख्नको लागि उक्त गीतको भिडियो संसारको सबैभन्दा अग्लो सरगमाथाको टुप्पामा सार्वजनिक गरेको कुरा वरिष्ठ पत्रकार/फोटोपत्रकार एवं समाजसेवी हरि गोपाल प्रधानले बताएका छन् ।

गीत निकै लोकप्रिय बनेको छ । गीतका रचनाकार हरि गोपाल प्रधान, स्वर, संगीत र गीतको निर्देशन हिपहप किङ निर्णय श्रेष्ठ NSK ले गरेको छ ।

गायिका/नायिका विष्णु चेम्जोङ्गले गरेको छ । म्यूजिक बाल कृष्ण थारु, सिनेम्याटोग्राफी सोहन मानन्धर, कोरियो ग्राफर जेनिशा महर्जन, अन्य कलाकारहरुमा आराध्य लक्ष्मी खड्की, सरुना श्रेष्ठ, अनुपा राई, करुणा राई, आमीर तामाङ, सोनु नेपाली रहेका छन् ।

श्रृगांरमा हेमा पुन मगर, मुना थापा मगर, ड्रेस डिजाइनमा कुसुम श्रेष्ठ, तथा फोटोग्राफीमा: पदमसागर कक्षपती, राजेश मानन्धर, राजेन्द्र चित्रकार र साउन्डमा निकेश सुवेदीले गरेका छन ।

IME Life
kumari