citizens life insurance long ad
stcnepal long ad

रेमिटेन्सलाई सुरक्षित बनाउन नेपाल राष्ट्र बैंकले जारी गर्यो नियमावली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘विप्रेषण कारोबार निरीक्षण तथा सुपरीवेक्षण नियमावली २०७९’ जारी गरेको छ । बुधबार विप्रेषण सम्बन्धी कारोबार गर्ने फम, कम्पनी वा संस्थाको निरीक्षण तथा सुपरीवेक्षण गर्नको लागि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ६३ र विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को १२ ले दिएको अधिकार प्रयोग गरी विनियमावली जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

विनियमावली नेपाल राष्ट्र बैंक सञ्चालक समितीको २०७९ जेठ १८ गते बसेको बैठकले स्वीकृत गरेको हो, राष्ट्र बैकले भनेको छ ।

 

 

 

रेमिटेन्स अर्थात विप्रेषण कारोबारलाई सुरक्षित र भरपर्दो बनाउन प्रचलित कानुन तथा अन्य नीतिगत व्यवस्था अन्र्तगत रहेर निरीक्षण तथा सुपरीवेक्षण गर्ने उदेश्यले विनियमावली जारी गरिएको राष्ट्र बैंकको भनाई छ ।

प्रचलित कानुन बमोजिमको व्यवस्था र यस बैंकबाट जारी भएको नियम, विनियम, आदेश, परिपत्र तथा निर्देशनहरुको पालना भए नभएको परिक्षण गर्ने, विप्रेषणको समग्र वित्तीय अवस्थाको बिश्लेषण गर्ने, विप्रेशकले अवलम्वन गरेको समग्र सुरक्षा व्यवस्था, विप्रेषकको कारोबारमा अन्तनिहित जोखिम पहिचान तथा सोक व्यवस्थापन परिक्षण गर्ने र यस बैंकबाट माग गरिएको वा सो बैंकमा पेश हुन आएको विवरण तथा जानकारीको अध्ययन र बिश्लेषण गर्ने कार्य विनियमावलीले गर्ने छ ।

यसबाट रेमिटेन्स क्षेत्र सवल, सक्षम र मर्यादित बन्ने बिश्वास राष्ट्र बैंकले लिएको छ ।

IME Life
kumari