citizens life insurance long ad
stcnepal long ad

चार महिने ‘डेड लाइन’स: एसएमई इन्डेक्सदेखि एनआरएन भित्र्याउनेसम्म: अध्यक्ष हमाल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्ज अन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले दाबी गरेका छन् ।

बोर्डको ३०औँ वार्षिकोत्सव समारोहमा बोल्दै हमालले एसएमई प्लेटफर्म निर्माणको समय अवधिका बारेमा जानकारी गराएका थिए ।

 

हमालले चार महिनाभित्रै वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्राथमिक सेयरमा आरक्षणको कोटा छुट्याउने व्यवस्थासमेत लागू हुने बताए । सरकारले बोर्डको सुझावअनुसार यो कार्यक्रम आगामी वर्षको बजेटमा पनि घोषणा गरिसकेको छ ।

त्यस कार्यक्रममा हमालले बजारको स्तर अभिवृद्धि गर्न आगामी चार महिनाभित्र गैरआवासीय नेपालीलाई पनि सेयर बजार लगानी गर्ने उपयुक्त वातावर बनाउने दाबी गरेका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने व्यवस्था चार महिनाभित्र लागू गरिने धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बताएका छन् ।

बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा अध्यक्ष हमालले सकारले बजेट मार्फत ल्याएको वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण दिने व्यवस्था चार महिनाभित्र लागू गरिने जानकारी दिएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत कोटा छुट्याउने घोषणा गरेको थियो ।

उनले बजारको पछिल्लो अवस्थालाई निकास दिन सेयर धितो कर्जामा ४–१२ को नीतिमा पुनरावलोकन हुनुपर्ने समेत बताएका छन्। बजार पछिल्लो अवस्थाबारे धितोपत्र बोर्ड जानकारी रहेको हमालले बताए।

उनले अबको चार महिनामा साना तथा मझौला कम्पनीलाई छुट्टै कारोबार प्ल्याटफर्म तयार गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।

IME Life
kumari