citizens life insurance long ad
stcnepal long ad

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि को जेठ २३ गते साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जेठ २३ गते युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि साधारण सभा बोलाएको छ । साधारण सभा अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीको चुक्ता पुँजी वृद्धि गर्न अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग मर्जर वा एक्विजिसन प्रक्रियामा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने विशेष एजेन्डा पेश गर्दैछ । बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ ।

 

 

समितिको निर्देशन अनुसार अब निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड र जीवन बिमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनुपर्नेछ ।

यस्तै, वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सानमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

कम्पनीले यस पटक पनि सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, यो पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले सोमबार जेठ ९ बुक क्लोज गरिसकेको छ । जेठ ८ गतेसम्म कायम रहेका सेरधनीले सभामा भाग लिन पाउनेछन् ।

IME Life
kumari