citizens life insurance long ad
stcnepal long ad

हेटौंडाबाट लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा दुईजना नक्कली परिक्षार्थी पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

मकवानपुर । मकवानपुर प्रहरीले लोकसेवा र सवारी अनुमति पत्रको परीक्षामा सहभागी दुईजना नक्कली परिक्षार्थीलाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडाको छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । हेटौंडा उपमहानगरपालिका–१ स्थित एक विद्यालयमा लोकसेवा आयोगको प्रशासन लेखा सहायक चौथो तहको परीक्षामा महोतरीको अभय कुमार यादवको सट्टा परिक्षा दिएका पोखरा महानगरपालिका–२ का ४२ बर्षीय दिपेन्द्रप्रसाद बस्ताकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

 

प्रहरीले उनको साथबाट ५८ हजार ५ सय रुपैंया, ४ जनाको नागरिकता, दुईवटा मोवाइल फोन र उनको आफ्नै नाममा रहेको चालक अनुमतिपत्र बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरि नायव उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी, हेटौंडा–११ स्थित यातायात व्यवस्था कार्यालय हेटौंडाले लिईहेको मोटरसाइकलको सवारी चालक अनुमपति पत्रको परीक्षामा सहभागी नक्कली परिक्षार्थीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको बकैया गाउँपालिका–७ का टुकनाथ गौतमको ठाउँमा उनकै छोरा सन्तोष गौतमले परीक्षा दिएको पाइएपछि पक्राउ गरेको डिएसपी कार्कीले बताउनुभयो । दुबै जनामाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

IME Life
kumari