citizens life insurance long ad
stcnepal long ad

दैनिक ५ घण्टा मुग्लिङ–पोखरा सडकखण्ड बन्द हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तार कार्यलाई अघि बढाउन दैनिक पाँच घण्टा बाटो बन्द हुने भएको छ ।

आउँदो जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड विस्तार गर्न लागिएको मुग्लिङ–पोखरा सडक आयोजना तनहुँले जनाएको हो। आइतबार राति ११ बजेदेखि बिहान ४ बजेसम्म पाँच घण्टा मुग्लिङ–पोखरा सडकखण्डमा सवारी साधन रोकेर सडक विस्तार काम सुरू हुने भएको छ ।

 

 

 

अर्को सूचना जारी नहुन्जेल राति ११ बजेदेखि बिहान ४ बजेसम्म यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि आयोजनाले सार्वजनिक सूचना निकालेर आग्रह गरेको छ ।

नियमित रूपमा सवारी साधन सञ्चालन हुँदा काम गर्न असजिलो पर्ने भएकोले दिनहुँ पाँच घण्टा यातायात आवागमन रोकेर सडक विस्तार कार्य गर्न लागिएको हो ।

यो सड्क खण्डमा सवारी साधनको चाप बढ्दै गएपछि चार लेनको बनाउन लागिएको छ। चार लेनको सडक सीमा दुईतर्फी २५र२५ मिटर हुनेछ ।

आबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक ४ लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गरिने भएको छ ।

IME Life
kumari