citizens life insurance long ad
stcnepal long ad

 बिहीबारदेखि भारतमा बिजुली निर्यात सुरु, ३७.७ मेगावाट बिक्री हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि भारतमा विद्युत निर्यात सुरु गरेको छ। बर्षा हुन थालेसँगै नदीहरुमा पानीको सतह बढेको र आन्तरिक उत्पादन मागभन्दा बढी हुन थालेपछि निर्यात सुरू गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७।७ मेगावाट बिजुली भारतीय बजारमा निर्यात सुरु गरिएको हो ।

 

 

हाल नेपालको उत्पादन बढेर १३ सय मेगावाटसम्म पुगेको छ । नेपालको विद्युत भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार मार्फत बिक्री थालिएको हो। ऊर्जा एक्सचेन्ज बजारमा हरेक ब्लकको लागि छुट्टाछुट्टै मूल्य तय हुन्छ ।

प्रत्येक १५ मिनेटको ब्लकमा नेपालले आफ्नो विद्युत बिक्रीका लागि राखेको छ। प्रत्येक ब्लकका बिजुली फरक–फरक मूल्यमा बिक्री हुन्छ। एउटा ब्लकमा अधिकतम् मूल्य भने १२ रुपैयाँसम्म तोकिएको छ।

औसत रुपमा प्रतियुनिट ६.२८ पैसासम्ममा बिजुली बिक्री हुने देखिएको प्राधिकरणले जनाएको छ। गत चैतमा भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बिक्री गर्न स्वीकृति दिएको थियो।

IME Life
kumari